२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्पोरेट डेभलपमेन्ट बैंकद्वारा हकप्रद शेयर निष्काशन गर्दै



अ+ अ-

काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १्.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि बैंकले पुस २५ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गर्नेछ। यसअनुसार पुस २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत माघ २७ गतेसम्म आवेदन दिन पाउनेछन्।