काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन जोड्यो । उसका लागि ओपनर प्रियांक पाञ्चालले ९० रनको विष्फोटक इनिङ खेले । ४७ बल खेलेका उनले ६ छक्का र ७ चौका प्रहार गरे ।
यस्तै, पवन सर्राफले अविजित २७, म्याक्स ओ’डाउडले २० तथा मार्क वाटले १६ रन जोडे ।
बलिङतर्फ चितवनका सोहेल तनवीर, रवि बोपारा र सैफ जइब एक–एक विकेट लिए ।










