१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार



अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजालसले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले उक्त विषयमा छलफलका लागि यही कात्तिक ३० गते दुवै पक्षलाई बोलाएको छ ।

महसुल विवादका कारण नेपाल विद्युत् प्राधिकरणले उद्योगमा लाइन काटेको थियो । लाइन काटिँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएर आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।

प्राधिकरणले उक्त सिमेन्टको रु ४४ करोड बक्यौता भुक्तानी गर्न बाँकी रहेको भन्दै लाइन काटेको थियो । उद्योगको लाइन काटेपछि उत्पादन बन्द भएको छ । रासस