काठमाडौँ । शिर्षस्थानको आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेको छ ।
गएराति भएको खेलमा आर्सनल सन्डरल्यान्डसँग २–२ गोलको बराबरीमा रोकिएको हो । घरेलु टोलि सन्डरल्यान्डले खेलको ३६ औं मिनेटमा डानियल बालार्डको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ५४ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।
७४ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । खेल सकिनै लाग्दा आर्सनलले गोल खान पुग्यो । ९०+४ औं मिनेटमा ब्रायन ब्रोबीले गोल गर्दै सन्डरल्यान्डलाई हारबाट जोगाए भने आर्सनललाई स्तब्ध पारे ।
यो नतिजा पछि आर्सनल ११ खेलबाट २६ अंकका साथ तालिकाको शिर्षस्थानमा यथावत छ भने सन्डरल्यान्ड १९ अंकका साथ चौंथो स्थानमा छ ।










