काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई नेपालले २४० रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आइसिसी एकेडेमीमा घरेलु टोलिविरुद्धको एकदिवसीय शृङ्खालको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन जोड्यो ।
नेपालका लागि भिम सार्कीले ४८, कुशल मल्लले ४५, दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० रन जोड्दा सन्दीप लामिछाने १५ रनमा अविजित रहे ।
बलिङतर्फ युएईका जुनैद सिद्धीकी ध्रुव पराशर र मुहम्मद जवादुल्लाहले दुई–दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए ।
यस शृङ्खलामा यसअघि नेपालले खेलेको तीन खेलमा तीनैमा पराजित भएको छ ।
पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
समग्रमा भने १९ खेल खेलको नेपाल १२ हार र पाँच जितकासाथ १२ अङ्क जोडेर अङ्क तालिकाको सातौं स्थानमा छ । दुई खेल भने विना नतिजा टुङ्गिएको थियो ।
यता युएई १९ खेलबाट १५ हार र चार जितको साथ आठ अङ्क जोडेर अङक तालिकाको अन्तिम स्थानमा छ ।










