७ पुष २०८२, सोमबार
,
Latest
विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका संयोजक दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आज भएको छलफलमा यही कात्तिक १९ गते भृकुटीमण्डपमा हुने एकता राष्ट्रिय सम्मेलनको तयारी, आठ वाम शक्तिको एकतासभा, घोषणापत्र, अन्तरिम विधान पारित, केन्द्रीय समितिको गठनलगायतका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका नेता ताजमोहम्मद मियाँले जानकारी दिनुभयो ।

मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको मियाँले बताउनुभयो ।

दुई पार्टीका प्रमुखबीचको भेटघाटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा वाम एकतापछिको सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको थियो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत आठ वाम पार्टीबीच एकीकरण गर्ने सैद्धान्तिक सहमतिपछि भएको छलफलमा अन्य कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न भएका प्रयास, अन्तरराष्ट्रिय तहमा शक्ति राष्ट्रबीच भएका युद्ध र त्यसको प्रभावबारे छलफल गरिएको जनाइएको छ ।