१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो

सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको शिष्टाचार भेट

सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क तइ योङले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र दक्षिण कोरियाबीचको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्रथमिकताका सम्बन्धमा छलफल भएको सञ्चारमन्त्री खरेलको सचिवालयले जनाएको छ ।

भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्याएको सहयोगका लागि आभारसमेत व्यक्त गर्नुभयो । यसका साथै मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिको साथै स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।

सञ्चारमन्त्री खरेलले रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरियाले लामो समयदेखि नेपाली युवालाई रोजगारी प्रदान गरिरहेकोमा सराहाना गर्नुभयो ।

सो अवसरमा दक्षिण कोरियाका राजदूत पार्क तइ योङले मन्त्री खरेललाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राजदूत योङले नेपालमा दक्षिण कोरियाली सहयोगमा सञ्चालित परियोजनाको अवस्था तथा नेपालमा कोरियाली सरकारको सहयोगको प्राथमिकताका विषयमा जानकारी गराउँदै कोरिया सरकार नेपालको शिक्षा, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमार्फत आर्थिक रुपान्तरण एवम् समृद्धिका लागि सहयोग गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।

राजदूत योङले नेपाली युवा मेहेनती र इमान्दार रहेको तथा पछिल्लो समय नेपाल कोरियामा वैदेशिक रोजगारीमा पठाउने उत्कृष्ट मुलुक रहेको उल्लेख गर्नुभयो । भेटमा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो ।