१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन

बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते

बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते
अ अ+ अ-

बाजुरा। मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस आज दिउँसो दुर्घटना हुँदा बसमा सवार ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छभने सात जनाको कोल्टी आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको  र चार जनालाई थप उपचारका धनगढी ‘रिफर’ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइते हुनेमा बस सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका माझगाउँ बस्ने गणेश जोशी, बूढीनन्दा नगरपालिका–७ का ५७ वर्षीय जय सुनार, सोही ठाउँकी १३ वर्षीय सन्ध्या सुनार, १२ वर्षीया सिमा सुनार, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट बस्ने ४५ वर्षीय मनी कामी, बूढीनन्दा नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीय लक्ष्मी मल्ल रहेका छन् । यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उहाँकी छोरी दुई वर्षीया जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह र जेसिका सिंह घाइते भएकी छन् ।

यसैगरी बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४० वर्षीया राममाया सुनार, सोही वडाकी ४५ वर्षीया इसरादेवी सुनार, हिमाली गाउँपालिका–५ रुगिन बस्ने १७ वर्षीय प्रकाश चदारा, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बझाङको खप्तड छान्ना गाउँपालिका–५ बस्ने १८ वर्षीय पविन्द्र सिंह, बूढीनन्दा नगरपालिका–६ कोटिला बस्ने उमेश भाट रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका–५ बस्ने १४ वर्षीय गगन महतरा, सोही गाउँका १८ वर्षीय रोशन महतरा, हिमाली गाउँपालिका–६ पाँडी बस्ने २६ वर्षीय गणेश भण्डारी, सोही गाउँपालिका–४ फैती बस्ने १७ वर्षीय फपिन्द्र सुनार, सोही वडामा बस्ने ५८ वर्षीय तुल सुनार र बूढीनन्दा नगरपालिका–६ बस्ने २० वर्षीय दीपेन्द्र भण्डारीसहित ३० जना घाइते भएका हुन् ।

कोल्टीबाट धनगढीका लागि छुटेको बस सेरकाटियाको उकालोमा सामान राख्ने क्रममा दुर्घटना भएको बताइएको छ । बस दुर्घटनापछि चालक भने फरार रहेका छन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा छ घाइते

जिल्लाको बूढीनन्दा नगरपालिकामा आज दिउँसो जिप दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन् । मार्तडी–कोल्टी सडकमा पर्ने सोही नगरपालिका–१० पाण्डुसैनमा जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मार्तडीबाट कोल्टी जाँदै गरेको भे१च ७८७ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जिपमा सवार आठमध्ये चालकसहित छ जना घाइते भएको बताउनुभयो । घाइते हुनेमा चालक तुलाराम चदारा, बडीमालिका नगरपालिका–७ का ४२ वर्षीय शङ्करराज जैसी, बूढीनन्दा नगरपालिका–१ बस्ने ५३ वर्षीय सेते लुहार रहेका छन् ।

यस्तै, बूढीनन्दा नगरपालिका–३ बस्ने ५३ वर्षीय जङ्गवीर सार्की, सोही वडाका ४४ वर्षीय जयलाल विक र बडीमालिका नगरपालिका ७ बस्ने ३२ वर्षीय जयराज जैसी घाइते भएका छन् । घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ । रासस