१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन

माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने

माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का एक दर्जनबढी नेताहरु नेकपा (माओवादी केन्द्र)सँगको एकतामा सामेल नहुने भएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने बताइएको छ । यद्यपि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एकदर्जनभन्दा बढी नेताहरु एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताउनु भयो । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरु एकतामा समाहित नहुने बताउनुभयो ।

पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा र्पाीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने उहाँको बुझाई छ । उहाँले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरुसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताउनु भयो । वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरु पार्टी एकतामा सामेल नहुने उहाँकोभनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले वाम एकताको कुरा चलिरहेको छ । यसमा पनि मुख्यतः नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एकताको कुरा छ  एमाले र कमरेड विप्लवलगायतसँग संवाद समेत गरिएको छैन । यी दुई पार्टीबीच एकताको प्रक्रिया टुंगिएको बैठकहरुमा नै ब्रिफिङ गरिसकिएको छ । त्यसो भएको हुनाले यो दुईबीचको मर्जर हो यो । वाम एकता होइन । हामी वाम एकताको पक्षमा छौं । दुई पार्टी मर्ज हुँदा खासै राम्रो परिणाम चाँही दिएन । यस्तो खालको मर्जरले समस्याको समाधान दिँदैन भन्ने मेरो धारणा हो । पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग गएपनि एउटा ठुलो पँक्तीले आजदेखि पार्टीका थप अगाडिका कार्यक्रममा सहभागि नहुने निर्णय नै गरेका छौं । किनभने यसले समाधान दिँदैन । झन पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएर नेतृत्वमा झन तानाशाही प्रवृत्ति हावी हुने सम्भावना छ ।’

पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग जाने निर्णय गरे पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको उहाँको भनाइ छ ।