२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्धः मन्त्री घिसिङ



अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउँदै कुन विषयमा कार्यान्वयन नभएको हो त्यसबारे थप छलफल गरिने बताउनु भयो । उहाँले आयोगकाअनुसार ९० प्रतिशत सुझावहरु सरकारले कार्यान्वयन नगरेको गुनासो आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको वर्तमान सरकार आयोगलहरुले दिने सुझाव कार्यान्वयन गर्न प्रतिवद्ध छ । कार्यान्वयन हुनुपर्छ । कुन कुन विषयमा कार्यान्वयन भएको छैन, त्यसमा हामी छलफल गर्नेछौँ । यसलाई सरकारले गर्नुपर्ने कार्यहरुमा हामीले सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने र सरकारको कार्यक्षेत्रभित्र रहेर गर्नेछौँ ।’

मन्त्री घिसिङले आफूले प्रधानमन्त्रीसम्म पनि यसबारे कुरा राख्ने जानकारी दिनुभयो ।