काठमाडौं । तिहार समापनसँगै तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ । छठका लागि पोखरी, नदी, तलाउहरुमा तयारी सुरु भएको हो ।
नदी, पोखरी, तलाउ किनारमा छठी माताको ब्रत बस्नेहरुलाई राख्ने व्यवस्था मिलाउँदै छ ।
कतिपय ठाउँमा पोखरीमाथि नै बाँस र काठको प्रयोग गरी मन्दिर निर्माण गरिँदै छ ।
छठका लागि चाहिने आवश्यक सामग्री किनमेल पनि सुरु भइसकेको छ ।
तस्बिरहरु : रासस











