२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा ४५ जनामा १ मात्र स्थानीय नयाँ कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । चीनमा ४५ जना नयाँ कोरोनाभाइरसबाट संक्रमित भेटिएसंगै संक्रमितको संख्या ८१ हजार ४३९ पुगेको छ । नयाँ संक्रमित मध्ये एक जनामात्र स्थानीय संक्रमित भएपनि ४४ जना भने बाहिरबाट आएका हुन् ।

यसको साथै चीनमा भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार ३ सय जनाले ज्यान गुमाएका छन् ।

८१ हजार ४३९ संक्रमित मध्ये ७५ हजार ४४८ जना बिरामीहरु स्वस्थ बनेर घर फर्किएका छन् ।

शुरुवातमा चीन महामारीको केन्द्रविन्दु रहेकोमा अहिले अमेरिका र इटालीमा चीनभन्दा बढी संक्रमित फेला परेका छन् ।