काठमाडौँ । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा आइतबार मृत्यु भएका युवकको कोरोनाले मृत्यु नभएको खुलेको छ । उनको कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।
अस्पतालले जनाएअनुसार युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनको रिपोर्टमा सुरुमा नेगेटिभ आएपछि दोहोराएर परीक्षण गरिएको थियो । सो रिपोर्ट पनि नेगेटिभ आएको सो अस्पतालले जनाएको हो ।