२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीले तीन सातादेखि जारी लकडाउन बढाउँदै



अ+ अ-

काठमाडौं । इटाली सरकारले तीन सातादेखि जारी लकडाउनलाई लम्ब्याउने बताएको छ। सरकारले कोरोना भाइरसको महामारीलाई रोक्न तीन सातादेखि राष्ट्रव्यापी लकडाउनमा रहेको पूर्व निर्धारित समयावधि सकिन केही दिन बाँकी रहँदा यस्तो बताएको हो।

इटालीमा तेश्रो साताको लकडाउन यही शुक्रबार सकिदैं छ। स्वास्थ्यमन्त्री रोबेर्टो स्पेरान्जाले सरकारलाई परामर्श दिने एक वैज्ञानिक कमिटीसँगको बैठकपछि यस्तो बताएका हुन्।

इटालीले लकडाउन जारी रहने नयाँ अन्तिम मिति नदिएपनि सरकारको प्रस्ताव अनुसार तोकिने जनाएको छ। यस वर्षको ‘ईस्टर सन्डे’ अप्रिल १२ मा पर्छ।

इटाली हाल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकको सूचिमा पहिलो स्थानमा छ भने संक्रमित संख्यामा तेश्रोमा छ।

यस्तै इटालीको चिकित्सकहरूको संगठनले त्यहाँ हालसम्म संक्रमितको उपचारमा खटिएका ६१ जना चिकित्सकहरू ज्यान गएको जनाएको छ।

संघले सोमबारमात्रै ११ जना थप चिकित्सकको ज्यान गएको बताएको थियो। एजेन्सी