२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर सिक्सको पहिलो खेलमा नेपालले आज यूएईसँग भिड्दै



अ+ अ-

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दै छ ।

ओमानमा जारी प्रतियोगितामा समूह विजेता हुँदै सुपर–६ मा पुगेको नेपालले आज अपराह्न सवा ४ बजे आफ्नो यूएईसँग खेल्न लागेको हो ।

नेपाल र यूएई चीर परिचित प्रतिद्वन्द्वी हुन् ।

खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुनेछ ।

समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो । नेपाल रहेको समूह २ बाट जापान पनि सुपर सिक्समा पुगेको छ । यद्यपि आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेलाइँदैन ।

अब सुपर–६ मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । आफ्नो समूहबाट आएको टोलीसँगको नतिजा पनि सुपर–६ मा गणना हुनेछ ।

जसमा युएई, नेपाल र ओमानले सुपर–६ मा २–२ अंक जोडिसकेका छन् ।

दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् ।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आईसीसी टी–२० कपमा छनोट हुनेछ ।