एजेन्सी । लेबनानी राष्ट्रपति जोसेफ आउनले शुक्रवार लेबनानले सिरियासँग बलियो र सन्तुलित सम्बन्ध निर्माण गर्न तत्पर रहेको बताउनुभएको छ । सिरियाका विदेश मामिला प्रमुख असाद हसन अल–शिबानीलाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
लेबनानले दुवै राष्ट्रहरूको स्थिरता र समृद्धिको सेवा गर्न पारस्परिक सम्मान र सार्वभौम समानताको आधारमा सिरियासँग आफ्नो भ्रातृत्व सम्बन्धलाई बलियो बनाउन खोजेको बताउनु भयो ।
आउनले सिरियाली प्रतिनिधिमण्डललाई लेबनानले दुवै देशहरूमा स्थिरता प्राप्त गर्न राजनीतिक, आर्थिक र सुरक्षा क्षेत्रमा सहयोग सक्रिय गर्ने लक्ष्य राखेको बताउनु भयो । द्विपक्षीय सम्झौताहरूको समीक्षा र अद्यावधिक गर्न र सीमा सीमाङ्कन, ग्यास पाइपलाइन समन्वय, र बन्दीहरूको स्थिति जस्ता विचाराधीन मुद्दाहरूलाई सम्बोधन गर्न संयुक्त समितिहरू गठन गर्ने प्रश्ताव राख्नुभयो ।
राष्ट्रपतिले लेबनान द्विपक्षीय मामिलाहरूमा अनुगमन गर्न बेरुतमा नयाँ सिरियाली राजदुतको नियुक्तिको पर्खाइमा रहेको उल्लेख गर्नुभयो ।










