३१ श्रावण २०८३, आईतवार
,
Latest
शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनान र सिरियाद्वारा सम्बन्ध सुधार गर्ने प्रतिवद्धता



अ+ अ-

एजेन्सी । लेबनानी राष्ट्रपति जोसेफ आउनले शुक्रवार लेबनानले सिरियासँग बलियो र सन्तुलित सम्बन्ध निर्माण गर्न तत्पर रहेको बताउनुभएको छ । सिरियाका विदेश मामिला प्रमुख असाद हसन अल–शिबानीलाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

लेबनानले दुवै राष्ट्रहरूको स्थिरता र समृद्धिको सेवा गर्न पारस्परिक सम्मान र सार्वभौम समानताको आधारमा सिरियासँग आफ्नो भ्रातृत्व सम्बन्धलाई बलियो बनाउन खोजेको बताउनु भयो ।

आउनले सिरियाली प्रतिनिधिमण्डललाई लेबनानले दुवै देशहरूमा स्थिरता प्राप्त गर्न राजनीतिक, आर्थिक र सुरक्षा क्षेत्रमा सहयोग सक्रिय गर्ने लक्ष्य राखेको बताउनु भयो । द्विपक्षीय सम्झौताहरूको समीक्षा र अद्यावधिक गर्न र सीमा सीमाङ्कन, ग्यास पाइपलाइन समन्वय, र बन्दीहरूको स्थिति जस्ता विचाराधीन मुद्दाहरूलाई सम्बोधन गर्न संयुक्त समितिहरू गठन गर्ने प्रश्ताव राख्नुभयो ।

राष्ट्रपतिले लेबनान द्विपक्षीय मामिलाहरूमा अनुगमन गर्न बेरुतमा नयाँ सिरियाली राजदुतको नियुक्तिको पर्खाइमा रहेको उल्लेख गर्नुभयो ।