२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइजिपीको सचिवालयले भन्योः ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेको कुरा झुटो



अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिएको भनी सञ्चारमाध्यममा आएको समाचार असत्य भएको प्रष्ट पारेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रहरी प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले आईजीपी खापुङले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्ट गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “प्रहरी महानिरीक्षकज्यूले कहीँकतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सुव्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ।”

सोमबार राति गृह मन्त्रालय र बालुवाटारस्थित प्रधानमन्त्री निवासमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी दर्ता गर्ने वा नगर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा दुवै व्यक्तिलाई राति नै पक्राउ गर्ने प्रस्ताव पनि उठेको बताइएको छ, तर सुरक्षा चुनौती बढ्ने निष्कर्ष निकालिएको थियो ।