२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैनः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो ।

अध्यक्ष  ओलीले सो मागमा नेपाली काँग्रेस लगायतका सबै दलहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सो मागलाई अघि नबढाए मुलुक बर्बाद हुने चेतावनी समेत दिनुभयो । असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरुलाई स्वीकारेर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुने ओलीको भनाई थियो । उहाँले सो मागलाई अघि बढाउनका लागि समयमा दृढतापूर्वक अघि नबढे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु–नेपाली काँग्रेसले पनि आफूलाई यही बाटोमा अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अघि बढनेछ । अरु पार्टीहरु पनि यही बाटो अगाडि बढ्नेछन् । अर्को बाटो छैन देशलाई लोकतान्त्रिक बाटोमा, प्रणालीमा फर्काउन । त्यसो गरेनौ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरु त्यसलाई स्वीकारेर, मान्यता दिएर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुनेछ । हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौ भने पछि ढिला भएर भनेर पछुताउनु पर्नेछ ।’

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दोहो¥याउनु भयो ।