२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धार उडान मार्फत १५७ जना यात्रु काठमाडौँ आए



अ+ अ-

काठमाडौँ । अविरल वर्षा र बाढीपहिरोका कारण भैरहवामा अलपत्र परेका सयौँ यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौँ आइपुगेकाछन् ।

दशैँ बिदा र विभिन्न कामका लागि भैरहवा पुग्नुभएका यात्रुहरू बदलिएको मौसम र उडान अवरुद्ध हुँदा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा रोकिएका थिए। असोज असोज १७ र १८  गतेदेखि परेको भारी वर्षाले सृजित बाढीपहिरोको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले उद्धार कार्यमा तत्परता देखाएको छ ।

निरन्तर वर्षाले देशका विभिन्न जिल्लामा बाढीपहिरो निम्त्याउँदा सडक र हवाई यातायातमा ठूलो अवरोध भएको थियो । भैरहवामा सामान्य अवस्थामा दैनिक १५ भन्दा बढी उडान हुने गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दुई दिनसम्म उडान पूर्ण रूपमा ठप्प हुँदा ७०० भन्दा बढी यात्रुहरू अलपत्र परेका थिए ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता श्याम किशोर शाहले दिउँसो ३:४५ बजे काठमाडौँबाट भैरहवामा अवतरण गरेको नेपाल एयरलाइन्सको न्यारो बडी ए-३२० विमानले ७६ जना यात्रु लिएर आएको बताउनुभयो। सोही विमानले १५७ जना यात्रु बोकेर राति काठमाडौँ फर्किएको छ।

भैरहवाबाट काठमाडौँ आउनुभएका एक यात्रुले सरकारको कार्य अत्यन्त प्रशंसनीय भएको बताउनुभयो । उहाँले सरकार जनतासँगै छ भन्ने अनुभूति भएको उल्लेख गर्नुभयो । सरकारले उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी, वैदेशिक रोजगारीमा जानुपर्ने र अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको प्रवक्ता शाहले जानकारी दिनुभयो । भाडादर काठमाडौँबाट भैरहवाका लागि रु. ५,००० र भैरहवाबाट काठमाडौँका लागि रु. ७,००० तोकिएको थियो, जुन सामान्य भाडाभन्दा कम हो।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहलमा यो उद्धार उडान भएको बताइएको छ । गृह मन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे निर्देशन जारी गर्दै स्थानीय तह, यातायात व्यवसायी र सङ्गठनहरूसँग समन्वय गरी अलपत्र यात्रुहरूलाई सहयोग गर्न सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो ।