१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर कारोबार सोमवार पनि बन्द



अ+ अ-

काठमाडौँ । शेयर कारोबार सोमवार पनि बन्द भएको छ ।

काठमाडौँ उपत्यकाका सबै सार्वजानिक कार्यलयहरु सोमवारदेखि खुलेका छन् । तर नेप्सेले सोमवार पनि शेयर कारोबार बन्द गरेको हो । सरकारले बाढी पहिरोको कारण शनिवार विज्ञप्ति जारी गरी आईतवार र सोमवार सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार आईतवार सार्वजानिक बिदा भएपनि सरकारले आईतवार अर्को सूचना जारी गरी विपद् जोखिम कम भएका जिल्लाहरुमा सोमवारबाट सार्वजानिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमवारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने सोमवार शेयर कारोबार खुलाएन । शेयर कारोबार मंगलवार (असोज २१ गते) देखि मात्रै खुला हुने जनाइएको छ ।