३१ श्रावण २०८३, आईतवार
,
Latest
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभियासँग बार्सिलोनाको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना सेभियासँग १–४ गोलले स्तब्ध बनेको हो ।

खेलको १३ औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमा गोल गर्दै घरेलु टोलि सेभियालाई सुरुवाती अग्रता दिलाए ।

३७ औं मिनेटमा इसाक रोमेरोले गोल गर्दै टोलिको अग्रता दोब्बर पारे । यता, पहिलो हाफको इन्जुरी समयमा मार्कुस रासफोर्डले गोल गर्दै बार्सिलोनालाई १–२ को अवस्थामा ल्याए ।

खेलको ७६ औं मिनेटमा बार्सिलोनाले बराबरी गर्ने मौका गुमायो । रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुके ।

खेल सकिनै सेभियाले दुई गोल थप्यो । ९० औं मिनेटमा जोसे एंगेल कार्मोनाले तथा इन्जुरी समयमा एकोर आडम्सले गोल गर्दै सेभियालाई ४–१ को जित दिलाए ।

हारसँगै बार्सिलोनाले अंकतालिकाको शीर्षस्थानमा उक्लने अवसर गुमायो । टोलिको ८ खेलबाट १९ अंक छ । शीर्षस्थानको रियलको २१ अंक छ भने सेभिया १३ अंकका साथ छैटौं स्थानमा छ ।