२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कल्किनको राष्ट्रिय कीर्तिमान



अ+ अ-

काठमाडौं। नेपालका कल्किन श्रेष्ठले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर फ्रि स्टायलमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

भारतको अहमदाबादस्थित वीर सभरकर स्पोर्ट्स कम्प्लेक्समा कल्किनले निर्धारित दूरी ९ मिनेट १२.६२ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरे । कल्किनले सन् २०१३ मा शिरीष गुरुङले एनएसए कप पौडी प्रतियोगितामा बनाएको १० मिनेट ००.८५ सेकेन्डको कीर्तिमान ताडेका हुन् ।

यसै स्पर्धामा अथर्व सिंहले पनि ९ मिनेट १६.९१ सेकेन्डको प्रदर्शन गर्दै शिरीषको कीर्तिमानलाई उछिनेका थिए । बुधबारै नेपाली खेलाडीले ४ गुणा १ सय मिटर फ्रि स्टायलमा रिलेमा पनि राष्ट्रिय कीर्तिमान बनाए ।

अभिभ प्रधान, जाडेन श्रेष्ठ, रेवन्तबहादुर श्रेष्ठ र अल्भिन महर्जन सम्मिलित टोलीले ३ मिनेट ४७.७३ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाए । उनीहरुले सन् २०२४ मा भारतको नयाँ दिल्लीमा भएको विम्स्टेक एक्वेटिक्स च्याम्पियनसिमा बनेको ३ मिनेट ४८.५७ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

नेपाली खेलाडीले प्रतियोगितामा योसहित जम्मा ४ राष्ट्रिय कीर्तिमान स्थापित गरे । यसअघि अथर्वले १ हजार ५ सय मिटर फ्रिस्टायल १७ मिनेट ४३.५७ सेकेन्ड तथा ४ सय मिटर व्यक्तिगत मिड्लेमा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले पनि शिरीषकै नाममा रहेको दुवै कीर्तिमान भंग गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का पौडी मुख्य प्रशिक्षक समेत रहेका टोलीका प्रशिक्षक शंकर कार्कीले एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताउदै खेलाडीले हिट चरण पनि पार गर्न सकेको बताए ।




भर्खरै