२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको आहारा !



अ+ अ-

यी बाच्छालाई जङ्गलमा छाडिएको थियो । बाघ वा अन्य जंगली जनावरले खाउन् भनेर । यी बाच्छालाई (भाग्यमानी) हामीले भेट्यौँ । यिनलाई हामीले काभ्रेको धुलिखेलको जङ्गलबाट समातेर ल्यायौँ । तर जसले यिनलाई छाडे हामीले धन्यवाद नै दियौँ । कमसेकम रुखमा बाँधेर राखेनन् ।रुखमा बाँधिएपछि यी बाच्छाहरुरगाईहरु भोक, प्यास र डरले कराईरहने अनि त्यही आवाज सुनेर बाघ वा अन्य जंगली जनावर आएर मारेर खाइदिने । उपत्यकाका विभिन्न स्थानहरू लुभु–लामाटार माथिको जङ्गलमा, चाँगु, साँखु, शिवपुरी, गोदावरी, चन्द्रागिरीका जङ्गल क्षेत्रमा पनि बाच्छा या बृद्ध गाईगोरुलाई रुखमा बाँधेर राखिदिने सूचना हामीले पाएका छौँ ।

धन्य हामी मानवको विवेक र धन्य हाम्रो चेतना, अनि साना बाच्छाबाच्छीलाई कुकुरले टोकी–टोकी लुछेररमारेर खान्छन् । अनि तिनै कुकुरले मारेर खान्छन् भन्ने थाहा पाएरै खोलाछेउमा कुकुरका हुल भएका ठाउँमा छाडेर अलि परबाट रमिता हेर्ने दूध उद्योगीको आर्थिक उन्नति र प्रगतिको बखान अनि धेरै दूध उत्पादन गरेकोमा पाएको पुरस्कारको पनि बखान पनि कसरी गर्नु र खै ? आफ्नै गोठमा तातो पानीले खन्याएर मार्ने, मुखमा चोयाले बुनेको मुखौटो लगाएर केही खान नदिई मार्ने अनि मर्यो भनेर खाल्डोमा पुरिदिने पापीहरूको पापको व्याख्या पनि यहाँ कसरी र कुन स्वरूपमा गर्नु र खै ?

यदि हामीले घरपालुवा बनाएका हुँदैन्थ्यौँ भने यिनीहरूको जाति या त विनाश भइसक्थ्यो या त आफ्नो प्राकृतिक गुणअनुसारको जीवन जिउँथे । तर हामीले हाम्रा सहयोगी प्राणीको रूपमा अङ्गीकार त गर्यौँ तर विवेकपूर्वक र न्यायपूर्ण व्यवहार गर्न सकेका छैनौँ । या त हामी यिनीहरूप्रति न्यायपूर्ण व्यवहार गरौँ या त हामी अब यिनीहरूसँगको सम्बन्ध तोडिदिऊँ । घाँस, पराल, अनाज, पानी खान दिने, विरामी हुँदा औषधिमूलो गर्दै धेरै माया गर्ने, प्रेम गर्ने मान्छेले कुनै दिन निर्दयतापूर्वक मर्नका लागि सडकमा र मार्नका लागि जंगली जनावरका मुखमा लगेर छाडिदिन्छ भन्ने उनीहरूले कहिल्यै सोच्न सक्दैनन् ।

घाँटीमा, पुच्छरमा कन्याईकन्याईकन दूध निकाल्ने मानवले आफ्नो फाइदा लिइसकेपछि निर्दयतापूर्वक त्यागिदिन्छ भन्ने सोच्नै नपाइकन बेसहारा भई पीडादायी मृत्युवरण गर्नुपर्छ भन्ने सोच उनीहरूका लागि धेरै परको कुरा बन्दछ । हामी मानवको क्रुरताको स्वरूप पनि बडा अपत्यारिलो छ । आफ्ना लागि अमृतसरहको दूध दिने प्राणीलाई सहजै मृत्युको मुखमा धकेल्दा हाम्रा हात काँप्दैनन् । तर अझै पनि हामी लाजै नमानी आफूलाई चेतनशील प्राणी नै हौँ भनेर घोषणा गरिरहन्छौँ ।

मानिस भन्ने प्राणी यति निर्दयी र क्रुर प्राणीको रूपमा परिणत हुन सक्दछ भन्ने हेक्का हुँदो हो त यी प्राणी हामीले बोलाउँदा हाम्रा समीपमा आउने, माया गर्ने गर्दैनथे होला । प्रदिप ढकालको फेसबुकबाट




भर्खरै