१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीले भोलि देशवासीलाई सम्बोधन गर्ने



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा विशेष सम्बोधन गर्ने भएकी छन्।

सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमार्फत भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

जेनजी आन्दोलनपछि गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक राष्ट्रलाई सम्बोधन गर्न लागेकी हुन्। उनको नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा निर्वाचन घोषणा गरिसकेको छ।