२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा सस्तो बजार सुरु



अ+ अ-

जनकपुर। विजयादशमीको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि जनकपुरधाम उपमहानगरपालिका–४ मा ‘दसैँ सस्तो बजार’ सुरु भएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको अगुवाइमा आजदेखि सस्तो बजार सुरु भएको हो । सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आज एक कार्यक्रमबीच सो बजार राम मन्दिरका महन्थ राम गिरीले उद्घाटन गर्नुभयो ।

अध्यक्ष भण्डारीले विगत वर्षहरुमा ७० देखि ८० वटा स्टल राख्ने गरिएकामा यसवर्ष सो सङ्ख्या बढाएर ११५ स्टल राखिएको जानकारी दिनुभयो । सस्तो बजारमा दैनिक उपभोग्य र चाडपर्वका सामान सुपथ मूल्यमा उपलब्ध हुने उहाँले बताउनुभयो ।

जनकपुरमा विगत ४२ वर्षदेखि दसैँका बेला सस्तो बजार सञ्चालन हुँदै आएको छ । रासस