३१ श्रावण २०८३, आईतवार
,
Latest
बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज भन्सार: साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात



अ+ अ-

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् ।

गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् । जबकी गत आवको दुई महिनाको अवधिमा भने एक खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात र निर्यात दूवैमा वुद्धि भएको जानकारी दिनुभयो ।

‘‘गत आवको दुई महिनाको तुलनामा चालु आवमा २४ अर्ब ३२ करोड बढी सामान भित्रिएका छन्,’’ उहाँले भन्नुभयो,‘‘आयात मात्रै होइन् राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ ।’’ वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ ।

गत आवको दुई महिनामा छ अर्ब पाँच करोड मूल्यको सामान विदेशीमूलक निर्यात भएको थियो । तर, चालु आवको दुई महिनामा यो नाका हुँदै रु १७ अर्ब तीन करोड मूल्य बराबरको सामान निर्यात भएको छ । गत आवको दुई महिनाको तुलनामा चालु आवमा १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको देखिन्छ ।