काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट प्राप्त हुने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जेनजी आन्दोलनमा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त घोषणा गरेका हुन् ।
एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुँदैछ । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।









