२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीको अपिलः ‘जेन–जेड आन्दोलन’का शहीदप्रति श्रद्धाञ्जली, सरकारलाई वार्ताका लागि आग्रह



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी, भ्रष्टाचार विरोध र सुशासनको मागसहित भएको ‘जेन–जेड’ आन्दोलनमा प्रहरीको गोलीबाट ज्यान गुमाएका युवा विद्यार्थीप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले घटनाबाट आफू मर्माहत भएको बताउँदै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

“देशका होनहार युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,” भन्दै भण्डारीले आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यान दिन आग्रह गर्नुभएको छ ।

पूर्वराष्ट्रपतिले नवपुस्ताले उठाएका आवाज र मर्मलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने बताउँदै आन्दोलनरत युवाहरूका जायज मागप्रति संवेदनशील हुन नेपाल सरकार, राजनीतिक दलहरू तथा सरोकारवाला सबै पक्षलाई आह्वान गर्नुभएको छ । “समस्याको दिगो समाधान वार्ता र संवादमार्फत खोज्नुपर्छ,” उहाँको भनाई छ ।

साथै, उहाँले हालको संवेदनशील परिस्थितिलाई सामूहिक जिम्मेवारीका साथ सम्बोधन गर्न सरकार, सुरक्षा निकाय, राजनीतिक दलहरू र नागरिक समाजलाई आग्रह समेत गर्नुभएको छ ।

उहाँले भन्नुभएको छः

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी, भ्रष्टाचारको विरोध तथा सुशासनको मागसहित ‘जेन जी’ पुस्ताले काठमाडौँसहित देशका विभिन्न भागमा हिजो आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ठूलो सङ्ख्यामा युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट म मर्माहत भएको छु ।

हिजो भएको दुस्खद् घटनामा परी असामयिक रूपमा जीवन गुमाएका देशका होनहार युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्ना प्रिय सन्तान गुमाउनु भएका माता–पिता तथा प्रियजन गुमाएका आफन्तसहित शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क एवं गुणस्तरीय उपचार सुनिश्चित गर्न सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछु ।

यस सन्दर्भमा, नवपुस्ताको भावना र मर्मलाई हामी सबैले गम्भीरतापूर्वक आत्मसात गर्न आवश्यक छ भन्ने मेरो दृढ विश्वास रहेको छ । तसर्थ, नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, सरकार, सुरक्षानिकाय, राजनीतिक दल र नागरिक समाज सबैलाई मिलेर हालको तनावलाई संवेदनशील ढङ्गले समाधान गर्न र युवापुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गर्दछु ।
धन्यवाद ।
विद्यादेवी भण्डारी

 




भर्खरै