२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीसीसीआईको बैंक ब्यालेन्स २०,६८६ करोड पुग्यो, विगत ५ वर्षमा १४,६२७ करोड आम्दानी



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को कुल बैंक ब्यालेन्स २०,६८६ करोड भारतीय रुपैयाँ पुगेको छ ।

समाचार संस्था पीटीआईको रिपोर्ट अनुसार, विगत ५ वर्षमा बोर्डले १४,६२७ करोड कमाएको छ ।

केवल आर्थिक वर्ष २०२३–२४ मा मात्रै बीसीसीआईले ४,१९३ करोड कमाएको हो । यो विवरण बोर्डले राज्य क्रिकेट संघहरूसँग साझेदारी गरिएको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बीसीसीआईको २०२४ मा सम्पन्न वार्षिक साधारणसभा (एजीएम)मा जानकारी दिँदै २०१९ मा रहेको ६,०५९ करोड रुपैयाँको क्यास तथा बैंक ब्यालेन्स बढेर हाल २०,६८६ करोड पुगेको उल्लेख गरिएको थियो ।

आर्थिक वर्ष २०२३–२४ का लागि बीसीसीआईले कर तिर्न ३,१५० करोड रुपैयाँ छुट्याएको छ m। यो विषय अदालत र ट्रिब्युनलमा विचाराधीन भए पनि भविष्यमा तिर्नुपर्ने सम्भावनालाई ध्यानमा राख्दै रकम सुरक्षित राखिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट र मिडिया अधिकारबाट आम्दानी घट्यो
२०२३–२४ मा पुरुष अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आम्दानी ३६१.२२ करोड रुपैयाँ मात्र रह्यो, जुन अघिल्लो वर्षको ६४२.७८ करोडभन्दा कम हो ।

मिडिया अधिकारबाट हुने आम्दानी पनि २,५२४.८० करोडबाट घटेर ८१३.१४ करोडमा झर्‍यो । यसमा अन्तर्राष्ट्रिय खेलको संख्या घट्नु र २०२३ को विश्वकप आयोजनाको प्रभाव रहेको बोर्डले जनाएको छ ।

आइपीएल र आईसीसीबाट बढ्यो मुनाफा
आइपीएलबाट भएको कमाइ र आईसीसीबाट प्राप्त अंशका कारण बीसीसीआईलाई २०२३–२४ मा १,६२३.०८ करोड रुपैयाँ नाफा भयो । अघिल्लो वर्ष यो १,१६७.९९ करोड रुपैयाँ थियो ।

आइपीएलबाट बीसीसीआई कसरी कमाउँछ ?

मिडिया राइट्सः खेलको प्रत्यक्ष प्रशारण र हाइलाइट्स प्रसारण अधिकारबाट सबैभन्दा बढी आम्दानी हुन्छ ।

टाइटल स्पोन्सरशिपः २००८ मा वार्षिक ५० करोडमा टाइटल स्पोन्सरशिप सुरु भएकोमा २०२३ मा यो ३०० करोड नाघेको छ । टाटासँग दुई वर्षे सम्झौतामा ६०० करोड प्राप्त भएको थियो ।

फ्रेन्चाइज शुल्कः नयाँ टोली सहभागी हुँदा बोली प्रक्रियामार्फत ठूलो रकम बोर्डले प्राप्त गर्छ । २०२२ मा गुजरात टाइटन्स र लखनऊ सुपरजायन्ट्स सहभागी हुँदा मात्रै बीसीसीआईको खातामा १२,५०० करोड जोडिएको थियो ।

ब्याज आम्दानीमा वृद्धि
बैंकमा रहेको निक्षेपबाट बीसीसीआईले ९८६.४५ करोड ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यो ५३३.०५ करोड मात्र थियो ।

बीसीसीआईले २०२३–२४ मा राज्य क्रिकेट संघका लागि १,९९०.१८ करोड रुपैयाँ विनियोजन गरेको थियो भने २०२४–२५ का लागि २,०१३.९७ करोड छुट्याइएको छ । यसका अतिरिक्त पूर्वाधार विकासका लागि १,२०० करोड, प्लाटिनम जुबिली बेनेभोलन्ट फन्डका लागि ३५० करोड र क्रिकेट विकासका लागि ५०० करोड विनियोजन गरिएको छ ।