२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालयमा राहतका लागि फारम भर्नेको भिड



अ+ अ-

काठमाडौं । लकडाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन् ।

घरभन्दा टाढा रहेका, दैनिक ज्याजामजदुरी गर्नेहरुलाई स्थानीय तहहरुले वितरण गर्ने राहतले केही सहज भएको छ । देशभरीका स्थानीय स्थानीय तहहरुले राहत वितरण थालेका हुन् । अहिले उपत्यकामा पनि काठमाडौं महानगरपालिकाले राहत वितरण थालेको छ ।

महानगरका वडा कार्यालयहरुमा राहत लिने र लिन फारम भर्नेहरुको ठूलो भिड लागेको छ । अध्ययनका लागि आएका विद्यार्थी, मजदुरहरुलगायत राहत लिनका लागि फारम भर्न लामो लाइनमा बसेका छन् । वडा कार्यालयले भिड व्यवस्थापन भने गर्न सकेका छैनन् । विशेषगरी अहिलेको समयमा सामाजिक दुरी कायम गर्नुपर्ने भएपनि राहतका लागि फारम भर्न लाइनमा बसेकाहरुले त्यसको पालना नगरेको पाइएको छ । बिहीबार महानगरपालिकाको वडा नम्बर ३० मा पनि राहत लिन फारम भर्नेहरुको त्यस्त भिड देखिन्थ्यो ।

काखमा बच्चा बोकेका महिला देखि डेरा गरी बस्ने विद्यार्थी र अन्य नागरिकहरु राहतका लागि फारम भर्न लामो लाइनमा बसेका छन् । लक डाउन जारी भएको केही दिनपछिबाट नै महानगरपालिकाले राहत वितरण थालेपनि सहज तरिकाले राहत पाउन नसकिएको गुनासो सर्वसाधारणहरुले गरिरहेका छन् ।