एजेन्सी । पूर्व लेस्टर सिटी र इंग्ल्याण्डका स्ट्राइकर जेमी भार्डी इटालियन सीरी ए क्लब क्रेमोनेजसँग निःशुल्क ट्रान्सफरमा आवद्ध भएका छन् ।
३८ वर्षीय भार्डीले एक वर्षको करारमा हस्ताक्षर गरेका छन् भने यसका साथै थप एक वर्षको विकल्प उपलब्ध हुनेछ ।
भार्डी २०१२ मा लेस्टरमा आवद्ध भएका थिए भने यस वर्ष जुन महिनामा किङ पावर स्टेडियमसँगको करार सकिएपछि क्लबविहीन रहेका थिए ।
लेस्टरको इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एक मानिने उनले २०१५–१६ को प्रिमियर लिग उपाधि जित्ने क्रममा अग्रपंक्तिमा टोलीलाई नेतृत्व गरेका थिए ।
उनले क्लबका लागि ५०० खेलमा २०० गोल गरेका छन् भने सन् २०२१ मा एफए कप पनि जितेका थिए । उनले इंग्ल्याण्डका लागि २६ खेल खेल्दा सात गोल गरेका छन् ।
यसैबीच, क्रेमोनेजले यस समरमा इटालियन शीर्ष लिगमा फर्किएपछि शासुओलो र एसी मिलानलाई पराजित गर्दै आफ्नो सुरुवाती दुवै खेल जितेको छ ।
भार्डीले क्रेमोनेजको तर्फबाट आफ्नो पहिलो खेल सोमबार, सेप्टेम्बर १५ मा हेलास भेरोनाविरुद्ध अवे मैदानमा खेल्न सक्नेछन् ।










