काठमाडौँ । म्यान्चेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट गोलकिपर जियानलुइजी डोनारुम्मालाई अनुबन्ध गरेको छ । सिटीले एडर्सनलाई फेनरबाचे बेचिसकेपछि यो सम्झौता गरेको हो ।
स्विजरल्याण्डका डिफेन्डर म्यानुएल अकान्जीले पनि ट्रान्सफर डेडलाइनअघि सिटी छाड्दै इन्टर मिलानमा एक सिजनका लागि लोनमा जाने सम्झौता गरेका छन् ।
सिटीले डोनारुम्माका लागि २६ मिलियन तिर्ने भएको छ । उननी पाँच वर्षको सम्झौतामा क्लबमा आएका हुन् । जसमा थप एक वर्षको विकल्प समेत रहेको जनाइएको छ ।
२६ वर्षीय डोनारुम्मा लिग–१ र च्याम्पियन्स लिग विजेता पिएसजीमा अब आवश्यक नभएको खेलाडी बनेका थिए । किनभने क्लबले लिलबाट लुकास शेभालियरलाई अनुबन्ध गरेको थियो । उनले पिएसजीसँगको सम्झौतामा प्रवेश गर्नुअघि अन्तिम वर्षमा प्रवेश गरिसकेका थिए ।
पूर्व एसी मिलान गोलकिपर डोनारुम्मासँग ४१२ क्लव खेल खेलेको अनुभव छ । साथै उनले इटालीका लागि ७४ खेल खेलेका छन् र यूरो २०२० को फाइनलमा इंग्ल्यान्डलाई हराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनी यस वर्ष सिटीले साइन गरेका सातौं खेलाडी तथा दोस्रो गोलकिपर हुन् । यसअघि जेम्स ट्राफर्ड बर्नलीबाट सिटी आएका थिए ।
“म्यानचेष्टर सिटीमा साइन गर्नु मेरो लागि विशेष र गर्वको क्षण हो,” डोनारुम्माले भने ।
“म विश्वस्तरीय खेलाडीले भरिएको टोलीमा सामेल हुँदैछु र फुटबलको इतिहासकै महान प्रशिक्षकमध्ये एक, पेप ग्वार्डिओलाले नेतृत्व गरेको क्लबमा आएको छु । यो क्लबमा खेल्न पाउनु संसारकै कुनै पनि खेलाडीको सपना हो । अब यस क्लबका लागि खेल्न पाउनु मेरो लागि ठूलो सम्मान र अवसर हो ।” उनले भने ।
त्यसैगरी, टर्कीको फेनरबाचेले ३२ वर्षीय एडर्सनका लागि १२.१ मिलियन तिर्ने भएको छ । एडर्सनले सिटीमा आठ वर्षको यात्रामा छैटौं प्रिमियर लिग उपाधि र च्याम्पियन्स लिग जितेका थिए ।










