काठमाडौं
बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयमा अायाेजित नियमित पत्रकार सम्मेलनका क्रममा नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये ५ पुरुष र ४ जना महिला छन्, तथा संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण पुष्टि भएकाे थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
आइतबार नै पर्साको वीरगन्ज-३ छपकैया एक जना संक्रमित भेटिएका थिए । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।
निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।