१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. बाबुराम बिरुद्ध मानव अधिकार आयोगमा उजुरी



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले  सांसद अपहरण जस्तो झुटो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन गरेको भन्दै नेकपाका सांसदद्धय महेश बस्नेत , कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीजी सर्वेन्द्र खनालले मानब अधिकार आयोगमा उजुरी दिएका छन् । 

तत्कालीन राष्ट्रिय जनता पार्टीका डा. सुरेन्द्रं यादबलाई महोत्तरी बाट अपहरण गरेको भन्दै तीनै जना बिरुद्ध जनता समाजबादी का नेताहरुले मानब अधिकार आयोगमा उजुरी परेको थियो । आज आयोगको कार्यलयमा पुगि आयोगका सदस्य प्रकाश वस्तीलाई उनिहरुले उजुरी बुझाएका छन् ।
 
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतका नेताहरुले आफूहरुलाई हुदै नभएको आरोप लगाएर मानवअधिकार हनन गरेको भन्दै उनीहरुले आयोगमा उजुरी दिएका हुन् । अपरहणमा परेको भनिएका सासद यादबले केही संञ्चारमाध्याममा आफु अपहरणमा नपरेको र केही संञ्चारमाध्याममा अपहरणमा परेको भन्दै आउनु भएको छ ।  

यस अघि जनता समाजबादीका नेताहरु जिल्ला प्रहरी कार्यलय टेकु र सरकारी वकिलको कार्यलयमा पनि उजुरी दर्ता गराउन प्रयास गरेका थिए । राजपा नेतृत्व संग असन्तुष्ट रहेका केही सासदहरु मिलेर नया दल दर्ता गर्ने  प्रयास  गरिरहेको अबस्थामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि दुईदल बीच तिब्र बिवाद भएको थियो ।