२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी समितिको बैठकको एजेण्डा बारे छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बीच बैशाख २५ गते बोलाईएको स्थायी समितिको बैठकमा पेश गर्ने एजेण्डा बारे छलफल भएको छ । 

प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा भएको छलफलमा पछिल्लो समयमा पार्टी भित्र उत्पन्न समस्या , पटक पटक बसेको सचिवालयको बैठक बाट भएको समाधान र स्थायी समितिका सदस्यहरुको असन्तुष्टिका बारेमा दुई अध्यक्ष बीच छलफल भएको जनाईएको छ । 

सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताको सन्देश दिन पनि स्थायी समितिको बैठकमा शिर्षनेताहरु प्रस्तुत हुनु पर्ने भन्दै बैशाख २० गते सचिवालयले गरेको निर्णयको अनुमोदन गराउनका लागि बैठक बोलाउन लागेको नेताहरुले जनाएका थिए ।