१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी समितिको बैठकको एजेण्डा बारे छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बीच बैशाख २५ गते बोलाईएको स्थायी समितिको बैठकमा पेश गर्ने एजेण्डा बारे छलफल भएको छ । 

प्रधानमन्त्रीको सरकारी निबास वालुवाटारमा भएको छलफलमा पछिल्लो समयमा पार्टी भित्र उत्पन्न समस्या , पटक पटक बसेको सचिवालयको बैठक बाट भएको समाधान र स्थायी समितिका सदस्यहरुको असन्तुष्टिका बारेमा दुई अध्यक्ष बीच छलफल भएको जनाईएको छ । 

सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताको सन्देश दिन पनि स्थायी समितिको बैठकमा शिर्षनेताहरु प्रस्तुत हुनु पर्ने भन्दै बैशाख २० गते सचिवालयले गरेको निर्णयको अनुमोदन गराउनका लागि बैठक बोलाउन लागेको नेताहरुले जनाएका थिए ।