काठमाडौं । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफू अपहरणमा परेको भन्दै सरकारी वकीलको कार्यलयमा पेश गरेको मुद्दा दर्ता भएको छ ।
सरकारी वकीलको कार्यालयले डा यादवको मुद्दालाई दर्ता नं १०४७ नंम्बरमा दर्ता गरेको छ ।
यसअघि अपहरण भएको भन्दै डा यादव सहित नेताहरू डा बाबुराम भट्टराई, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विरुद्ध उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यलय टेकु र सरकारी वकीलको कार्यालय पुगेका थिए ।