६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले आर्सनललाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा साविक विजेता लिभरपुलले उपविजेता आर्सनललाई १–० गोलले हराएको हो ।

घरेलु मैदान एनफिल्डमा खेलको अन्त्यतिर डोमोनिक सोबोज्लाईले गोल गर्दै लिभरपुललाई जित दिलाए । ८३ औं मिनेटमा उनले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै टोलिलाई निर्णायक गोलसहित जित दिलाएका हुन् ।

लिभरपुलको यो लगातार तेस्रो जित हो । ९ अंकसहित टोलि शीर्षस्थानमा रहँदा ६ अंकसहित आर्सनल भने तेस्रो स्थानमा छ ।