२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग हार्यो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा सिटी ब्राइटनसँग १–२ गोलले स्तब्ध बनेको हो । खेलको ३४ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा जेम्स मिलनरले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई १–१ को बराबरीमा ल्याए ।

८९ औं मिनेटमा ब्राजन ग्रुडाले गोल थप्दै ब्राइटनलाई २–१ को जित दिलाए । पहिलो खेलमा जित निकालेको सिटीको यो लगातार दोस्रो हार हो । टोलि ३ अंकका साथ १२ औं स्थानमा छ । ४ अंकसहित ब्राइटन १० औं स्थानमा छ ।