२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा गौरा पर्वको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै विविध भूगोल, जातजाती, धर्म, संस्कृति र भाषाभाषीका नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अझ प्रगाढ बनाओस् भन्ने काममा व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ–

सुदूर–पश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा आस्था, श्रद्धा र उल्लाससहित मनाइने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व गौराको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले विविध भूगोल, जातजाति, धर्म, संस्कृति र भाषाभाषीका नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दछु