३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः रियल विजयी, एट्लेटिकोले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले मलोर्कालाई २–१ गोलले हराएको हो ।

खेलको १८ औं मिनेटमा भेदात मुरीकीले गोल गर्दै मलोर्कालाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा आर्दा गुलेरले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए । त्यसको लगत्तै एक मिनेटकै अन्तरालमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–१ ले अघि बढाए ।

त्यसपछि दोस्रो हाफमा कुनै गोल हुन सकेन र रियल विजयी बन्यो । रियलको यो लगातार तेस्रो जित हो । टोलिको ९ अंक छ भने तालिकाको शीर्षस्थानमा छ । मलोर्काको भने एक अंक मात्रै छ ।

अर्को खेलमा एट्लेटिको मड्रिड अलाभेससँग बराबरीमा रोकिन पुग्यो । दुबै टोलिले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सातौं मिनेटमा नै जिलानो सिमोनेको गोलबाट एट्लेटिकोले सुरुवाती अग्रता बनाएको थियो ।

१४ औं मिनेटमा कार्लोस भिसेन्टेले पेनाल्टीमा गोल गर्दै अलाभेसलाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलिले अंक बाँडे ।