२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा शान्ति कायम होस्ः देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । सन्देशमा उनले देशमा शान्ति कायम होस, देशवासीले अन्याय, अत्याचार र सबै प्रकारका दमनबाट मुक्ति पाउन् भन्ने कामना पनि गरेका छन् । देउवाको सन्देशमा लेखिएको छ, ‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको छ । त्यसैले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो ।’

उनले भनेका छन्, ‘विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन । शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरु रहेका छन् । हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ ।’

शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्न तथा अशान्ति, हत्या र हिंसाको विरोध गर्न देउवाले अपिल पनि गरेका छन् । कोरोना भाइरस संक्रमणको सन्दर्भमा सभापति देउवाले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता भएको सन्देशमा उल्लेख गरेका छन् ।