१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमामा भारतीय नागरिकद्वारा सशस्त्रको चेकप्वाइन्टमा ढुंगामुढा



अ+ अ-

बारा । आफुहरु नेपालमा प्रवेश गर्नपाउनु पर्ने भन्दै एक हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। बिहीबार दिउँसो बाराको कबहीगोठस्थित नेपाल(भारत सीमामा  करिब सय जना भारतीय सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो । 

डिआइजी प्रवीणकुमार श्रेष्ठका अनुसार भीडमा आएकाहरूले सशस्त्र प्रहरीको चेकपोष्टमा ढुंगामुढा गरेका थिए। ढुंगामुढाबाट चेकपोष्टमा क्षति पुगेको छ। हवाई फायरपछि भारतीयहरू भागेको हुन्।

उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि दुबै पक्षका सुरक्षा अधिकारीबीच अहिले छलफल भइरहेको छ।