१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्नलाई खाना बाँड्दै ‘रातामकै’ र ‘मुलासाग’



अ+ अ-

काठमाडौं । लकडाउनका कारण ठुलो पर्दाको चलचित्र र टेलिचलचित्रको छायांकनको काम यतिखेर ठप्प छ । अधिकाँश कलाकारहरु घरभित्रै छन भने केही कलाकारहरु भने दिनरात नभनी सामाजिक कार्यमा खटिईरहेका छन् । विगतदेखि नै सामाजिक कार्यमा सहभागी हुँदै आएका वरिष्ठ हाँस्य कलाकारद्वय किरण केसी ‘रातामकै’ र सुरेन्द्र केसी ‘मुलासाग’ छिनछिनमा परिवर्तन भईराख्ने बैसाखको मौसममा असहाय र विपन्न वर्गलाई खाना वितरण गरिहेका छन् । कोरोना भाईरस कोभिड—१९ को कारण विगत ४५ दिनदेखि मुलुक लडाउन भई दैनिक ज्यालादारी गर्ने मजदूरहरुलाई जीवनयापन गर्न अप्ठेरो परेको महसुस गर्दै वरिष्ठ हाँस्य कलाकारद्वय रातामकै र मुलासाग कहिले ललितपुर त कहिले भक्तपुरसम्म खाना वितरण गर्न पुगेका हुन ।

विहीबार पनि उनीहरु भक्तपुरको सुर्यविनायक चोकमा १६० जना, भक्तपुर क्यान्सर अस्पताल अगाडी दुधपाटीमा १३० जना र नयाँठिमी चोकमा ७० जनालाई खाना वितरण गर्न पुगेका थिए । उनीहरु मानव सेवा आश्रमको आह्वानमा विहीबार खाना वितरण गर्ने कार्यमा सहभागी भएका थिए । खाना खाने कार्यक्रममा मजदूर, वृद्धवृद्धा, केटाकेटी र शारिरीक अपाङ्गताहरुको सहभागिता थियो । 

यसैगरि कलाकार केसीद्वय ललितपुर महानगरपालिका वडा नं २ सानेपास्थित सामुदायीक सेवा केन्द्र र सामुदायीक प्रहरी सेवाद्वारा आयोजना गरिएको खाना वितरण कार्यक्रममा पनि सहभागी भए । उनीसंग नेकपा नेतृ पम्पा भुषाल पनि सहभागी थिइन् । ललितपुरको व्यवसायीक समूह ‘२१ ग्रुप प्रापर्टी डिलर्स’ का सद्भावनादूत र साझेदार समेत रहेका रातामकै र अर्का साझेदार मुलासाग केहीदिनअघि सो समूहले ललितपुरको महालक्ष्मी नगरपालिकालाई उपलब्ध गराएको करीव ३ लाख रुपैँया बराबरको १०० बोरा चामल र १० हजार थान मास्क वितरण कार्यक्रममा समेत सहभागी भएका थिए । वरिष्ठ हाँस्यकलाकारद्वय ‘रातामकै’ र ‘मुलासाग’  को साथै ‘२१ ग्रुप’ का कार्यकारी अध्यक्ष एवम् समाजसेवी राजकुमार केसीले महालक्ष्मी नगरप्रमुख रामेश्वर श्रेष्ठलाई ती सामाग्री हस्तान्तरण गरेका थिए ।