१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिगो विकासको निर्धारित लक्ष हासिल हुनेगरी नीति तथा कार्यक्रम तय गर्न सुझाव



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको दिगो विकास समितिले सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न सरकारलाई सुझाव दिएको छ । 

शुक्रबार विज्ञ र सांसादहरुसँगको छलफलपछि समितिले दिगो विकासको निर्धारित लक्ष हासिल हुनेगरी नीति तथा कार्यक्रम तय गर्न सुझाव दिएको हो । समिति सभापति तारादेवी भट्टले जलवायु परिवर्तन र कोभिड-१९ विश्वकै मुद्दा भएकोले नेपालले अब नयाँ ढंगले विकासलाई सोच्नुपर्ने बेला भएको बताउनुभयो ।

दिगो विकासका निर्धारित लक्ष्यहरु जलवायु परिवर्तनमा पर्न सक्ने जोखिम न्यूनिकरणका लागि प्रतिवद्ध रहेपनि त्यसका लागि चालिएका कदम र प्रयासहरु प्रभावकारी हुन नसक्दा विश्वले कोरोना महामारीको सामना गरिरहेको उहाँले बताउनुभयो । विज्ञहरुले भविष्यमा कोरोनाभन्दा पनि बढी भयानक अवस्थाको सामना गर्ने चेतावदी दिइरहेका बेला त्यसतर्फ सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

सभापति भट्टले सरकारका नीति कार्यक्रमलाई दिगो विकास लक्ष्य हासिल गर्दै थप क्रियाशील बनाउन तर्फ शुक्रबारको छलफल केन्द्रित भएको बताउनुभयो ।

वातावरण विज्ञ शिलशिला आचार्यले डिजेट, पेट्रोल र ठूला होटलहरुको बैकल्पहरुमा सोच्नसकेमा मात्रै पनि वातावारण संरक्षण गर्न सकिने बताउनुभये । नेपालको सन्दर्भमा जलविद्युतलाई प्रवद्र्धन गरी डिजेल पेट्रोलको प्रयोग घटाउने र ठूलो होटलहरुको सट्टा होम स्टेहरुको प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद भैरव बहादुर श्रेष्ठले वनहरुको वैकल्पिक व्यवस्थापनका नाममा ठूलो मात्रामा वन फडानी भइरहेको बताउनुभयो । सांसद विमला राई पौडेलले जैविक मल र जैविक विषादी बनाउने उद्योग सञ्चालन तर्फ ध्यान दिन सकेमात्रै प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।