२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ ५ सम्म कपिलवस्तुलाई सिल गर्ने निर्णय



अ+ अ-

कपिलवस्तु । पछिल्लो समय कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई जेठ ५ गते सम्म सिल गर्ने निर्णय गरेको हो ।

भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् ।

सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

अब पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ ।

कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।