१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता

विश्वव्यापी बन्दै ‘नमस्ते’

विश्वव्यापी बन्दै ‘नमस्ते’
अ अ+ अ-

काठमाडौँ । शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन सङ्कटमा पारेको छ । कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको ज्यान गइसकेको छ । संसारभरि नै मानिस घरभित्र बसेर एक जीवाणुुसँगको हतियारविहीन लडाइँमा छन् । यो भाइरस र एकान्तबासको अवस्था कहिले हटेर जान्छ थाहा छैन ।
विज्ञका अनुसार यसको असर दुई वर्षसम्म रहन सक्छ । यस्तो अवस्थामा कोरोना कहरपछि विश्वका मानिसको आनीबानी, सामाजिक जीवनका व्यवहार र शैली कस्तो होला रु अनुमान भइरहेका छन् । कोरोना महामारी सकिए पनि यसले मानिसको जीवनमा लामो समय असर रहने पक्का छ । अहिले मानिसले चर्चा गरिरहेका विषयमा संस्कार तथा वित्तीय व्यवहार छन् ।

अभिवादन नमस्ते
महामारीको यो हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको विवशता त हामी अनुमान पनि गर्न सक्दैनौँ । यसबीच विश्वका ठूला नेताले अभिवादनमा ‘नमस्कार’ अर्थात् ‘नमस्ते’ गरेका कुरा पनि मूलधारका राजनीतिभन्दा कम चर्चित छैनन् । गत मार्चमा ब्रिटिस क्याबिनेटका सदस्यलाई राजकुमार चाल्र्सले गरेको नमस्तेदेखि फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनसम्म नमस्तेका तस्बिर इन्टरनेटमा भाइरल बने । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त नागरिकलाई हात मिलाउनुको सट्टा नमस्ते गर्न अपिल नै गरे । नमस्तेको कहानी यत्तिमै सकिँदैन, विश्व शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतले नमस्तेलाई ‘नन–कन्ट्याक्ट ग्रिटिङ्स’ भनी प्रशंसा गरे । कोरोनाबाट बच्न गरिएको ‘नमस्ते’ भविष्यमा स्वच्छ र सभ्य अभिवादनको विश्वव्यापी मानक बन्ला ? विद्वान्बीच चर्चा भइरहेको छ ।

प्रिन्सटन युनिभर्सिटीका मनोविज्ञान प्राध्यापक अल्क वेबर मानिसका बानी र व्यवहार आर्थिक सामाजिक सन्दर्भसँगै परिवर्तन हुन्छन् । स्वास्थ्यका लागि बानी परिवर्तन नहुने कुरै छैन । पश्चिमी जीवनशैली हस्त मिलन अर्थात् ह्यान्डसेकबिना कस्तो होला ? परिचर्चा भइरहेको छ भन्छन् ।

प्रविधिमा बढी निर्भर
हुन त भौतिक तथा प्राविधिक विकासका उच्चतम अवस्थामा पुगेका देशको दैनिक जीवन यसअघि नै ग्याजेटमा कैद भइसकेको छ । कोरोना महामारीमा मानव जाति घरमै थुनिँदा अब साँच्चै डिजिटल डिभाइसको महत्व महसुस भएको हुन सक्छ । कोरोना महामारीबीच नै फेसबुकले एउटा इमोटिकनको विकास गरी सार्वजनिक गर्यो । मायाको भावमा दुई हातले अँगालो हालेको यो इमोको नाम ‘केयर’ दिइएको छ । जसको अर्थ ‘परिस्थितिले टाढा रहे पनि पर्वाह गरेको छु भन्ने हुन्छ ।

विश्वव्यापी श्रम प्रवाहका कारण नेपालजस्ता देशका युवा लाखौँको सङ्ख्यामा विदेशमा छन् तर यस्तो बन्दाबन्दीमा पनि परिवारसँग नजिक गराएको छ, उही फेसबुक, इमो, ह्वाट्सयापले । यसरी हेर्दा खुसी, माया, दयाजस्ता कुराको प्रसार र अभिव्यक्ति पनि अब डिजिटलाइज्ड भएको छ । म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक शेरी टर्कल पनि मानिसले मानवीय गुण डिभाइसमा भरेको विचार राख्छन् । नेपालमै बन्दाबन्दीका कारण इन्टरनेट, बिजुली, पानी, टेलिफोन, डिसहोमको बक्यौता तथा
शुल्क तिर्न ई–बैङ्किङ सेवा नलिएकोमा पछुतो मान्ने धेरै छन् । गोरखापत्र दैनिक