१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा विधेयकमा देशकै चासो छ, छिटो टुंग्याउनुपर्छः सांसद हजारा



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेको भन्दै यसलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि समितिमा छलफलमा आएको भन्दै घनिभुत छलफल गरेर अघि बढाइएको बताउनु भयो । उहाँले विधेयकको अन्तिम चरणमा पुगेको भन्दै सबैको चासो भएकाले पनि विधेयक छिटो टुंग्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि हाम्रो समितिमा आइसकेपछि घनिभुत ढंगले छलफल गरेका छौँ । हामी अन्तिम चरणमा पुगेका छौँ । विभिन्न सरोकारवालाहरुको यस विधेयकमा चासो थियो । देशकै नजर शिक्षा विधेयकमा रहेको छ । प्रारम्भिक बालविकास परिषद् सम्बन्धी २ को २१ मा १२ कक्षा भनेका छौँ त्यो भन्दा १० भन्दा नै सुहाउँछ । विद्यालय व्यवस्थापन समिति भनिएको छ, महिला र दलितलाई भनिएको थियो, यहाँ दलित शब्द छुटेको छ । समावेशी मात्रै भनेपछि समस्या आउँछ । शब्द नै आउनुपर्छ । आवासीय छात्रावृत्तिको कुरा आएको छ ।’

सांसद हजाराले विधेयकलाई छिटो टुंग्याउनुपर्ने जरुरी भइसकेको बताउनु भयो ।