२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध गाँजासहित दुई पक्राउ



अ+ अ-

लहान । लागुऔषध गाँजासहित सिरहाको गोलबजार नगरपालिकास्थित बल्कवाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका– १० पदमपुरका ६५ वर्षीय लक्ष्मी पासवान र सिरहा नगरपालिका–१२ सारस्वरका ४० वर्षीय मोहम्मद अलाउद्दिन मियाँ रहेका छन् । प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गाँजासहित दुबै जनालाई पक्राउ गरेको हो । पासवानले बोकेको झोला जाँच गर्दा झोलाभित्र लुकाइछिपाइ राखेको ३०० ग्राम गाँजा र शरीर खानतलासी गर्दा मियाँको पाइन्टको गोजीबाट ५० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ नष्ट

गोलबजार नगरपालिका–४ स्थित पब्लिक कोल्ड स्टोरबाट संयुक्त अनुगमन टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ नियन्त्रणमा लिइ आज बिहान नष्ट गरेको छ । लकडाउनको समयमा कालोबजारी मौलाएको भन्दै सिरहाको गोलबजार नगरपालिकाका उपप्रमुख रेशमकुमारी थापाको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले कोल्ड स्टोरको गोदाममा फेला पारेको म्याद गुज्रिएको पेप्सी, मिरिन्डा, डिउ, फेन्टालगायतका पेय पदार्थ नष्ट पारेको हो । 

अनुगमनका क्रममा म्याद गुज्रिएको पेय पदार्थ फेला पारेपछि टोलीले कोल्ड स्टोरको गोदाममा तीन दिनअघि सिल गरेको थियो । सिल गरिएको गोदाम खुलाएर नगरपालिकाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहवरमा ती पेय पदार्थ नष्ट गरिएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए ।