२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा भेटिएका भनिएका कोरोना संक्रमित काठमाडौंमा



अ+ अ-

काठमाडौं । शुक्रबार स्वास्थ्य मन्त्रालयले दाङमा भेटिएका कोरोना संक्रमित व्यक्ति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कर्मचारी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत दाङ तुल्सीपुर ७ का स्थायी वासिन्दा भनिएका व्यक्ति काठमाडौका एक अस्पतालमा कार्यरत रहेको खुलाएका हुन् । 

मेयर पाण्डेले भनेका छन्, ‘तुल्सीपुर उपमहानगपालिका– ७ का कोरोना देखिएका भनिएका व्यक्ति काठमाडौका एक अस्पतालमा कार्यरत रहेका र काठमाडौंमै रहेको जानकारी गराइन्छ ।’ मेयर  पाण्डेले अस्पतालको नाम नखुलाएपनि उनी त्रिवि शिक्षण अस्पतालकै कर्मचारी भएको श्रोतको दाबी छ ।