१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा भेटिएका भनिएका कोरोना संक्रमित काठमाडौंमा



अ+ अ-

काठमाडौं । शुक्रबार स्वास्थ्य मन्त्रालयले दाङमा भेटिएका कोरोना संक्रमित व्यक्ति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कर्मचारी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत दाङ तुल्सीपुर ७ का स्थायी वासिन्दा भनिएका व्यक्ति काठमाडौका एक अस्पतालमा कार्यरत रहेको खुलाएका हुन् । 

मेयर पाण्डेले भनेका छन्, ‘तुल्सीपुर उपमहानगपालिका– ७ का कोरोना देखिएका भनिएका व्यक्ति काठमाडौका एक अस्पतालमा कार्यरत रहेका र काठमाडौंमै रहेको जानकारी गराइन्छ ।’ मेयर  पाण्डेले अस्पतालको नाम नखुलाएपनि उनी त्रिवि शिक्षण अस्पतालकै कर्मचारी भएको श्रोतको दाबी छ ।