२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार प्रबलीकरण पुनः रफ्तारमा



अ+ अ-

काठमाडौं । लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भइ यतिबेला टायलरमार्वल एवं पेन्टिङको काम भइरहेको छ ।
 
सिंहदरबार प्रबलीकरण कार्यको कार्यान्वयन हेर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रबलीकरण कार्यलाई अघि बढाइएको बताउनुभयो । 

विश्वकर्माका अनुसार निर्माण कम्पनीले हाल निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीय स्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ । निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उहाँको भनाइ छ । 

कामदारहरुलाई सानो सानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती–न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिनुभयो । 

चारवटा मोहडाको प्रबलीकरणमा हाल एक सय १९ कामदारले काम गरिरहेका छन् । सुवेदीले कामदारहरुलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको जानकारी दिनुभयो । 

त्यसैगरी, लकडाउनका कारण रोकिएका रानीपोखरी एवं धरहरा पुनर्निर्माणको काम पुनः सुरु भएको छ ।